Ad imageAd image

राष्ट्रपतिको निर्वाचन २५ फागुनमा

खबर खुराक
खबर खुराक १६ माघ २०७९, सोमबार
0 Min Read
Aa

१६ माघ काठमाडौं: निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार हुनेगरी आज मिति तोकेको हो। यस्तै, उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गतेलाई तोकिएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले केहीबेरमै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ।

प्रतिक्रिया दिनुहोस्