Ad imageAd image

मापसे परीक्षण गर्दा पोखराका व्यवसायीले भाँचिदिए प्रहरीको हात

खबर खुराक
खबर खुराक १६ माघ २०७९, सोमबार
1 Min Read
Aa

१६ माघ पोखरा : मादक पदार्थ सेवन गरी गाडी चलाउनेमात्रै होइन, झै-झगडा गर्ने अनि प्रहरीलाई पनि नटेर्ने गर्दै आएका पोखराका युवा अटो व्यवसायीलाई कास्की प्रहरीले पक्रेको छ।

अटो व्यवसायी २५ वर्षे सौरभ थापा पछिल्लोपटक फेरि प्रहरीमाथि अभद्र व्यवहार गरेपछि पक्राउ परेका हुन्।

उनलाई पक्रेर अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाउन प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार ५ दिनअघि थापा पक्राउ परेका हुन्।

नेपाल अटोमोबाइल डिलर्स एसोसिएयसन (नाडा)का गण्डकी प्रदेश समितिका सदस्य सौरभका बुबा ध्रुव थापा नाडाका केन्द्रीय अध्यक्ष हुन्। ध्रुवका दाजु बिन्दुकुमार थापा गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका प्रभावशाली सांसद हुन्।

- Advertisement -
Ad image

पूर्वमन्त्रीसमेत रहेका आफ्ना ठूलाबुबाको नामसमेत लिँदै भतिजा सौरभले यसअघि पनि पटक-पटक प्रहरी र अरु सर्वसाधारणलाई पनि अभद्र व्यवहार गर्दै आएको प्रहरी स्रोत बताउँछ।

‘यसपटकचाहिँ राति ३ बजे मादकपदार्थ सेवन गरी गाडी चलारहँदा सौरभ प्रहरी चेकिङमा परेका थिए,’ प्रहरी स्रोत भन्छ, ‘तर प्रहरीलाई नटेरी भाग्न खोजे र गाडीको ढोकाले उल्टै प्रहरीलाई लाग्यो र हात भाँच्चियो।’

प्रतिक्रिया दिनुहोस्