Ad imageAd image

‘छक्का पञ्जा ४’ फिल्मको पहिलो गीत सार्वजनिक [भिडियो सहित]

खबर खुराक
खबर खुराक १६ माघ २०७९, सोमबार
1 Min Read
Aa

दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

निर्माण टिमले सोमवार सार्वजनिक गरेको ‘दर्शन सलाम’ बोलको गीतमा स्वस्तिमा खड्का र राज आचार्यले नृत्य गरेका छन् ।

साथमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा लगायतलाई समेत भिडियोमा प्रस्तुत गरिएको छ ।

डेभिड शंकर र सहिमा श्रेष्ठले स्वर दिएको यो गीतमा राजेन्द्र थापाको शब्द, दीपक शर्माको संगीत र उदयराज पौडेलको एरेन्ज छ ।

- Advertisement -
Ad image

कविराज गहतराजको कोरियोग्राफीमा गीतको भिडियो तयार भएको हो । यस गीतबाट चलचित्र राजनीतिक विषयवस्तुमा निर्माण भएको अनुमान गर्न सकिन्छ ।

यस वर्षको प्रतीक्षित चलचित्रका रुपमा हेरिएको ‘छक्का पञ्जा ४’ फागुनको १९ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा दीपकराजकै कथा एवं लेखन छ ।

हेमराज बिसीको निर्देशन रहेको चलचित्रमा केदार घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माताका रुपमा समेत छन् । दिपेन्द्र खनिया र केशव न्यौपाने चलचित्रका निर्माता हुन् । आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुति रहेको चलचित्रमा नरेन्द्र मैनालीको डिओपी, निमेश श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्