Ad imageAd image

झमकुमारीको संघर्ष र सफलताको कथा : महिला उद्यमि हुँदै जनप्रतिनिधि सम्म

खबर खुराक
खबर खुराक १७ माघ २०७९, मंगलवार
5 Min Read
Aa

१७ माघ लुम्बिनी । पाना गुल्मी काली गण्डकी गाउँपालिका बाट २०४० साल तिर पूर्ण सिंह थापा पाल्पाको तिनाउ गाउँपालिका -३ दहबारी गाउँमा बसाई सराई गरे । उनै पूर्ण सिंहका साइला छोरा हुन् प्रितम कुमार थापा । हाल देवदह -३  सेमरहनाका स्थायी बासिन्दा हुन् प्रितम कुमार थापा । सानै उमेरमा भारतमा रोजगारीका लागि हिंडेका र हाल व्यावसाय संगै सामाजिक कार्यमा सक्रिय रहेका प्रितमले संघर्ष के हो भन्ने राम्रो संग बुझेका छन् ।

आउनुहोस एकैछिन प्रितम कुमार थापा दम्पतिको संघर्ष र सफलताको कथाको बारेमा चर्चा गरौँ ।

images

एउटा सानो परिवार जहाँ श्रीमान्, श्रीमती र दुई छोरी बस्थे । अहिले भने जेठी छोरी अध्ययनको सिलसिलामा अष्ट्रेलिया पुगेकी छिन् कान्छी छोरी नेपालमै कक्षा ११ पढ्दैछिन् श्रीमान् /श्रीमती दुवैले आफ्नै गार्मेन्ट व्यवसाय सञ्चालन गरेका छन् । उनीहरुले बीरगंज, काठमाडौं लगायतका ठाउँबाट काँचो कपडा खरिद गर्छन् आफ्नै घरमा महिला, पुरुष तथा बालबच्चाको तयारी कपडा तयार गर्छन् । यसरी नै दैनिकी चलेको धेरै वर्ष भयो। सपरिवार यही गार्मेन्ट व्यवसायको आम्दानीबाट खुसी छन् ।

No description available.

- Advertisement -
Ad image

वि.सं.२०६३ सालमा रुपन्देहीको देवदह नगरपालिका वडा नं. ३ सेमरानामा बस्ने झमकुमारी र प्रितम थापाको जोडीको घर सल्लाहले गार्मेन्ट व्यवसाय गर्ने निधो गरे । त्यतिबेला व्यवसाय सुरु गर्न, थापा परिवारसँग कुनै लगानी थिएन । तर उनीहरुलाई कसरी सञ्चालन गर्ने, आर्थिक जोहो कसरी गर्ने भन्ने चिन्ता थिएन किनकि झमकुमारी प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाकी शेयर सदस्य थिइन् । उनले सहकारीको लगानीबाट धेरै दिदीबहिनीको जीवन फेरिएको देखेकी थिइन् । उनले अन्य साथीहरूले जस्तै सहकारीबाट ऋण लिने कुरा श्रीमानलाई भनिन् र श्रीमान् निःशर्त खुसी हुँदै हुन्छ भन्दिएँ गर्न खोजेको व्यवसायबारे प्रस्ताव लिएर झमकुमारी सहकारी पुगिन् । सहकारीले राम्रो योजना आएपछि खुसी हुँदै सुरुमा ५० हजार रुपैयाँ लगानी गयो । सोही रकमबाट थापा परिवारको व्यवसायिक यात्रा सुरु भएको हो व्यवसाय बिस्तारका लागि सहकारीले पटकपटक लगानी गयो । सानो लगानीबाट सुरु गरेको व्यवसायका लागि थापा परिवारले लगत्तै १० लाख लगानी गरे । त्यसमा प्रगतिशील सहकारी लगायत अन्य संस्थाले साथ दिए लगानी बढेपछि व्यवसाय पनि ठूलो भयो।

छोटो समयमै झमकुमारीले केही गर्न सक्छिन् भन्नेकुरा प्रमाणित गरी सकेकी थिइन् । कपडा सिलाउने र तयार गर्न सिकेकी झमकुमारीलाई श्रीमानको भरपुर साथ मिल्यो। दुबै जनाले साँझ-बिहान कपडा सिलाउने र दिउँसोमा बजारमा लगेर बेच्न थाले । सुरुसुरुमा बेच्न गाह्रो भएको झमकुमारीको अनुभव छ । गार्मेन्ट व्यवसाय गर्दै जाँदा बीचबीचमा चुनौती आएपनि सामना गरेर अगाडि बढ्न उनी तयार भइन् निरन्तर व्यापार गर्दै जाँदा सबैले चिन्न थाले । घरमै कपडा तयार हुन्छ भन्ने बुझेका व्यापारीले घरबाटै खरिद गर्न थाले । जब व्यापार बढ्न थाल्यो तब झमकुमारीले गार्मेन्ट व्यवसाय ठूलो बनाउँदै लगिन् सँगसँगै श्रीमान् मात्र होइन, छोरीहरुको पनि साथ मिल्यो । हातमा हात थपियो छोरीहरुले पनि सहयोग गर्न थालेपछि उनमा थप हौसला बढ्दै गयो ।

हिजो रू. ५० हजार देखि सुरु गरेको गार्मेट उद्योगमा अहिले ५० लाख बढिको लगानी छ । गार्मेटबाट आम्दानी गर्ने व्यवसाय बढाउने साथै सहकारीबाट ऋण लिदै व्यापार बढाउँदै पुनः ऋण तिर्दै गरेको उनी बताउँछिन् अचेल उनको चेहरामा एकखालको खुसी पोखिएको देखिन्छ । व्यवसाय ठूलो भएको छ । आम्दानी राम्रो छ । त्यतिमात्र होइन सहकारीबाट लिएको ऋणपनि अहिले त्यति धेरै छैन । सबैतिर कारोबार मिलाउँदै गएको उनी बताउँछिन् । सबै खर्च कटाएर मासिक करिब एक लाखसम्म आम्दानी हुने गरेको झमकुमारीले सुनाउँछिन् उनले अहिले ४ जनालाई रोजगारी दिएकी छिन् । सोही व्यवसायको बलमा छोरीलाई अस्ट्रेलिया पठाउन सकेकी हुन् ।

झमकुमारी अहिले व्यवसायी मात्र होइनन् समाजका हरेक गतिविधिमा संलग्न हुने सामाजिक कार्यकर्ता पनि हुन । हाल उनी देवदह नगरपालिका वडा नं. ३ की निर्वाचित जनप्रतिनिधि हुन । व्यवसाय गर्दै गर्दा म त पत्तै नपाइ समाजसेवी बन्न पुगेकी रहेछु। उनले मुस्कुराउँदै भनिन् । अचेल व्यवसाय श्रीमानले हेर्नुहुन्छ । म साँझ-बिहान घरको कामसँगै श्रीमानलाई साथ दिन्छु । दिउँसोमा वडाका नागरिकको सेवामा व्यस्त हुन्छु। सफल महिला होस् त यस्तो, परिवार होस् त झमकुमारीको जस्तो भन्दै गाउँलेहरुले झमकुमारीलाई हौसला दिंदा उनी खुसीले छमछम नाँच्छिन् । दुई छोरी भए पुग्यो । छोरा चाहिन्छ भन्ने कहिलै भएन । छोरीबाटै खुसी मिलेपछि भइहाल्यो भन्छिन् । उनी थप्छन्- यो संसारमा छोरीले गर्न नसक्ने केही छैन सबै काम गर्न सक्छन् । त्यसका लागि ठाउँठाउँमा प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी जस्ता संस्थाको सहयोग र हौसला भए पुग्छ । जसले व्यवसाय गर्न पैसा मात्र होइन, उत्प्रेरणा दिन्छ । जीवनोपयोगी सीप र हौसला दिन्छ । राम्रोसँग गार्मेन्ट सञ्चालनसँगै समाजसेवा गरेकी उनको जीवनबाट प्रगतिशील जस्तो सहकारी र पारिवारिक साथ मिलेमा आर्थिक हिसाबले सीमान्तकृत महिला, उत्कृष्ट कार्य गर्न सक्छन् भन्ने उदाहरण झमकुमारी हुन् ।

प्रतिक्रिया दिनुहोस्