Ad imageAd image

बक्स अफिसमा शाहरूख खानको राज, पठानको कमाइ ६ दिनमा ६ अर्ब नाघ्यो

खबर खुराक
खबर खुराक १७ माघ २०७९, मंगलवार
1 Min Read
Aa

१७ माघ काठमाडौं। बलिउड अभिनेता शाहरूख खानको फिल्म पठानले ६ दिनमा ६ सय करोडको आँकडा पार गरेको छ।

ट्रेड एलालिस्ट रमेश बालाका अनुसार पठानले ६ दिनमा विश्वव्यापी बक्स अफिसमा ६०० करोड आँकडा पार गरेको छ। पठानको विश्वव्यापी कूल संकलन मात्र ६ दिनमा ६०० करोड पार गर्नु पठानका लागि ठूलो सफलता हो।

पठानले आइतबार भारतमा ६०.७५ करोड कमाएको थियो। यो कमाइमा पठानको हिन्दी कलेक्सन ५८.५ करोड थियो। तर, सोमबार फिल्मको कमाइ आधारभन्दा कम भएको छ। तर, संकलन भने राम्रो भइरहेको छ।

ट्रेड एलालिस्ट बालाका अनुसार छेठौं दिन पठानको कमाइ २५ करोड हाराहारी भएको छ। यो सँगै फिल्मले भारतीय बक्स अफिसमा ३ सय करोडको आँकडा पार गरेको छ।

- Advertisement -
Ad image

शारूखानले आफ्नो कमब्याक फिल्म पठानबाट इतिहासको पानामा गहिरो छाप छाडेका  छन्। रिलिज भएदेखि पठानले हरेक दिन नयाँ कीतिमान बनाइरहेको छ।

फिल्ममा शाहरूख खानसँगै दीपिका पादुकोन र जोहन अब्राहमको अभिनय रहेको छ। शाहरूख र दीपिका सैनिकको भूमिकामा देखिएका  छन् भने जोन भिलेनको भूमिकामा छन्।

 निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा अब्बास टायरवालाले तयार पारेका हुन्।

प्रतिक्रिया दिनुहोस्