Ad imageAd image

रवि लामिछानेलाई प्रचण्डको जवाफ– प्रक्रियाबाहिर गएर अहिले गृह मन्त्रालय दिन मिल्दैन

खबर खुराक
खबर खुराक १७ माघ २०७९, मंगलवार
1 Min Read
Aa

१७ माघ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय नपाए तत्काल सरकार छाड्ने चेतावनी दिएको छ ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा सो पार्टीका अध्यक्ष तथा निवर्तमान गृहमन्त्री रवि लामिछानेले यस्तो संकेत गरेको स्रोतले जानकारी दियो ।

भेटमा प्रधानमन्त्री दाहालले प्रक्रियाबाट आएपछिमात्रै गृह मन्त्रालयका विषयमा कुराकानी हुने जानकारी गराएको बालुवाटार स्रोतले जानकारी दियो ।

स्रोतले दिएको जानकारीअनुसार आफूहरुको पार्टीले गृह मन्त्रालय नपाए सरकार छाड्ने स्पष्ट संकेत लामिछानेको थियो ।
तर प्रधानमन्त्रीले प्रक्रियाभन्दा बाहिर गएर गृह मन्त्रालय नदिने अडान राखेका छन् ।

- Advertisement -
Ad image

रास्वपाले भने कुनै निर्णय गरिनसकेको सो पार्टीका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्