Ad imageAd image

बालुवाटार गएर रविले दिए गृह नपाए सरकार छाड्ने चेतावनी

खबर खुराक
खबर खुराक १७ माघ २०७९, मंगलवार
1 Min Read
Aa

१७ माघ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर लामिछानेले आफूलाई गृह मन्त्रालय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माग गरेका हुन्।

गृह नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने लामिछानेको चेतावनी छ।

नागरिकता प्रकरणमा सांसद पद गुमाएका लामिछानेले आइतबार पुन: नागरिकता लिएका छन्। नागरिकता लिएलगत्तै पुन: पार्टीको सभापति बनेका लामिछानेले आइतबार पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय मागेका थिए।

- Advertisement -
Ad image

प्रधामन्त्री प्रचण्ड भने रविलाई गृह दिन इच्छुक छैनन्। उनले गृह मन्त्रालय आफ्नै पार्टीसँग राख्न चाहेका छन्।

प्रतिक्रिया दिनुहोस्