Ad imageAd image

ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गर्दा राप्रपा नेपालका उपाध्यक्ष पक्राउ

खबर खुराक
खबर खुराक १७ माघ २०७९, मंगलवार
1 Min Read
Aa

१७ माघ काठमाडौं । राप्रपा नेपालका उपाध्यक्ष लाक्पा तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबारस्थित दक्षिण गेटबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीकोविरुद्धमा दक्षिण गेटमा उनले नाराबाजी गरेपछि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । उनले शाहीलाई बुझाउन भनि साथमा लगेको भ्रष्टाचार सम्बन्धी उजुरी पनि दक्षिण गेटमै च्यातेर फालेका छन् ।

प्रतिक्रिया दिनुहोस्