Ad imageAd image

शिक्षक कर्मचारी नियुक्तिमा भ्रष्टाचार भएको कारबाही गर्न निर्देशन

खबर खुराक
खबर खुराक १७ माघ २०७९, मंगलवार
1 Min Read
Aa

१७ माघ काठमाडौं । स्थानीय शिक्षा शाखाकै संलग्नतामा शिक्षक कर्मचारी नियुक्तिमा भ्रष्टाचार हुने गरेको विषयमा आवश्यक कारबाही गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ ।

अख्तियारको निर्देशन पछि अस्थायी सेवामा शिक्षक कर्मचारी प्रवेश गराउँदा अनियमितता गर्ने स्थानीय शिक्षा शाखालाई आवश्यक कारबाही गर्न केन्द्रले एकाईलाई निर्देशन दिएको हो ।

आयोगले करार तथा अस्थायी सेवामा नियुक्त भएका शिक्षा तथा बालविकास सहजकर्ता नियुक्त गर्दा व्यापक भ्रष्टाचार भएको विषयमा कारबाही गर्न केन्द्रलाई पत्राचार गरेपछि यस्तो निर्देशन दिएको हो ।

आयोगले, ‘करार राहत वा स्थानीय स्रोतमा भर्ना हुने गरेका अस्थायी प्रकृतिका पदका शिक्षक, बालविकास सहजकर्ता नियुक्तिमा देशभर हुने गरेको व्यापक भ्रष्टाचारको सम्बन्धमा’ परेको उजुरीको अनुसन्धान गर्दा स्थानीय शिक्षा शाखाले बेहोर्नु पर्ने सम्पूर्ण खर्च नयाँ नियुक्त हुने शिक्षक कर्मचरीलाई गर्न लगाएको, नियुक्तिपछि छुट्टै बार्गिेनिङ हुने गरेको, प्रति शिक्षक कर्मचारी दुई हजार देखि पाँच हजार सम्म असुल्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षा शाखा प्रमुख, विषय विज्ञ, प्रमुख प्रशासकीय अधिकारी, जिल्ला शिक्षा समन्वय अधिकारीकै संलग्नतामा प्रति शिक्षक कर्मचरी २५ हजार देखि ७० हजार सम्म असुल्ने गरेको आरोप सहित उजुरी परेपछि अख्तियारले केन्द्रलाई कारबाही गर्न पत्रचार गरेको थियो ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्