Ad imageAd image

अवैध कारोबारीलाई कारबाही गर्न पेय पदार्थ तथा चुरोट उद्योग संघको माग

खबर खुराक
खबर खुराक १७ माघ २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं । सरकारले अवैध मदिरा, चोरी पैठारीका मदिरा, नक्कली अन्तःशुल्क टिकट भएका मदिरा, सुर्तिजन्य पदार्थ सहितका अन्तःशुल्कजन्य पदार्थहरु बरामद गरी सो कसुरमा संलग्न व्यक्तिहरुलाई थुनामा राखेर अनुसन्धान अगाडि बढाएकोप्रति नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले खुशी व्यक्त गरेको छ ।

संघले प्रेस विज्ञप्ति जारी गर्दै यस्ता अवैध कारोबारलाई नियन्त्रण गर्न नेपाल सरकार, आन्तरिक राजश्व विभाग एवं सो अन्तर्गतका विभिन्न कार्यालयहरु र नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाप्रति धन्यवादसमेत ज्ञापन गरेको छ ।

अध्यक्ष रमेश श्रेष्ठले जारी गरेको विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘मदिरा जस्तो संवेदनशील बस्तुको उत्पादन गर्दा उत्पादकले सम्बन्धित निकायबाट लाइसेन्स लिइ नेपाल सरकारले तोकेको मापदण्डअनुसार ल्याब परीक्षण गरी स्वीकृति प्राप्त गरेरमात्र गर्नुपर्ने एवं बिक्री गर्दासमेत अनुमति पत्र लिएकालेमात्र बिक्री गर्न पाउने कानूनी प्रावधान रहेको छ ।’

संघले अनुरोध गर्दै अगाडि लेखेको छ, ‘अवैध मदिराको उत्पादन एवं उपभोगले देशको राजश्व, कानून बमोजिम स्थापित उद्योगहरुको व्यवसायीक ख्याती, सिर्जित रोजगारी एवं जनस्वास्थ्यमा समेत गम्भीर असर पर्न जाने तथ्यप्रति सचेत रहन सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछ ।’

- Advertisement -
Ad image

संघले यस्ता किसिमका अवैध गुणस्तरहीन र मापदण्ड विपरीतका उत्पादनहरुले राष्ट्र, समाज, व्यवसाय र व्यक्तिमा पार्ने गम्भीर नकारात्मक प्रभावको बारेमा सचेत रही यस किसिमका कार्यहरु कहीँ कतै भएको जानकारी आएमा सचेत नागरिकको हैसियतले सम्बन्धित नेपाल सरकारका निकायहरुमा सूचना दिइ त्यस्ता अवैध कारोबारीहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउन सहयोग गरिदिनु हुन संघ हार्दिक अपील गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्