Ad imageAd image

सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर बिजोग

खबर खुराक
खबर खुराक १८ माघ २०७९, बुधबार
1 Min Read
Aa

१८ माघ काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेटमै ढल फुटेर बिजोग भएको छ ।

हिजो मंगलबारदेखि बगेको फोहोर आज बुधबार बिहानसम्म सफा गरिएको छैन । ढलबाट निस्किएको फोहोरले बाटो हिलाम्य छ । त्यही माथिबाट गाडीहरु गुड्दा अनामनगर घट्टेकुलो चोकसम्मै सडक फोहोर भएको छ । पैदलयात्रुहरुलाई बाटो छिचोल्नै कठिन भएको छ ।

एक जना स्थानीयले त्यही फोहोरमा चिप्लिएर दुई जना मानिस लडेको देखेको बताए । ‘दुई जना मानिसहरु ढलमा चप्लिएर लडेको मैले देखें । सडक पूरै फोहोरै फोहोर छ, तर सफा गरिएको छैन,’ प्रत्यक्षदर्शी बुद्ध परियारले भने ।

प्रतिक्रिया दिनुहोस्