१८ माघ काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रा डा सूर्यप्रसाद ढुङ्गेलले निराश (डिप्रेसन) भयो भनेर लज्जित नहुन आग्रह गरेका छन् । उनले निराश पनि एकप्रकारको रोग भएकाले बेलैमा सचेत भई उपचार गर्नुपर्छ भने ।
“डिप्रेसन भयो भनेर लज्जित हुनुपर्ने कुनै कारण छैन । हरेक मान्छेमा डिप्रेसन हुन्छ । कति प्रतिशत भन्नेमात्रै हो । पाँचा–सात प्रतिशत हुँदा हामीलाई याद नभएको हुन सक्छ । धेरै प्रतिशत हुँदा समस्या हुने हो”, उनले भने, “आफ्नो ज्यान आफैँले समाप्त गर्नु भनेको मानवअधिकार हनन् पनि हो । बाँच्न पाउने अधिकारबाट आफैँले आफैँलाई समाप्त पार्नु पनि पाप हो । तसर्थ आत्महत्या गरेर आफ्ना परिवारजन, आफन्तमाथि पनि अन्याय गर्नुहुँदैन । एउटा मानिससँग धेरै मान्छेको साथ र अपेक्षा जोडिएको हुन्छ ।”
कार्यक्रममा युनिसेफका प्रतिनिधि रामप्रसाद गौतमले हरेक मानिसमा घटना र परिस्थितिलाई ग्रहण गर्न सक्ने र सहन गर्न सक्ने क्षमता फरकफरक हुने तर्क गरे । “असहज परिस्थितिको सामना गर्ने क्षमता कम हुने भएकाले आत्महत्या गर्ने अवस्थासम्म पुग्ने गरेको देखियो । बालबालिकामा एक खालको डर, त्रास र अनिन्द्रा हुने, खाना खान मन नलाग्ने लगायतका समस्या धेरै अगाडि समयदेखि देखिँदो रहेछ, त्यसलाई बेलैमा पहिचान गरेर उनीहरुमा देखिने समस्या समाधान गर्ने हो भने आत्महत्या धेरै हदसम्म कम हुन्छ ।” उनले भने ।
प्रतिक्रिया दिनुहोस्