Ad imageAd image

माओवादीको पदाधिकारी र स्थायी समिति बैठक स्थगित

खबर खुराक
खबर खुराक १८ माघ २०७९, बुधबार
1 Min Read
Aa

१८ माघ काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठक स्थगित भएको छ। नेताहरुको कार्यविभाजनबारे निर्णय गर्न बुधबार १२ बजे पदाधिकारी र १ बजे स्थायी समितिको बैठक बोलाइएको थियो ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले संसद बैठकका कारण पार्टीका बैठक स्थगित भएको जानकारी दिए। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै छ।

उपाध्यायले अब पदाधिकारी बैठक नबस्ने र स्थायी समितिको बैठक भने भोलि ११ बजे बस्ने बताए।

१२ माघदेखि सुरु भएको माओवादी स्थायी समिति बैठकले पार्टी एकता, संगठन बिस्तार र नेताहरुको कार्यविभाजनबारे निर्णय लिने बताइएको छ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्