Ad imageAd image

प्रतिनिधि सभा बैठक बस्दै

खबर खुराक
खबर खुराक १८ माघ २०७९, बुधबार
1 Min Read
Aa

१८ माघ काठमाडौं संघीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने संभावित कार्यसूची रहेको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन (आ.व.२०७८/०७९) पेश हुने कार्यसूचीमा उल्लेख छ।

यस्तै,बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभामा रिक्त रहेको पदबारे संसद सचिवालयलाई जानकारी गराउन कार्यसूची छ।

संसद सचिवालयका अनुसार सभामुख घिमिरेले नेपालको संविधानको धारा ८९ को खण्ड (ख)बमोजिम प्रतिनिधि सभा सदस्यको  रिक्त रहेको स्थानबारे जानकारी प्रतिनिधि सभा नियमावली २०७५ नियम २१२ को (१)बमोजिम गराउनेछन्।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्