Ad imageAd image

नेप्सेमा ४ अंकको वृद्धि, कारोबार १ अर्बमा झर्‍यो

खबर खुराक
खबर खुराक १८ माघ २०७९, बुधबार
1 Min Read
Aa

१८ माघ काठमाडौं । तीन दिनसम्मको लगातार गिरावटपछि बुधबार सेयर बजार परिसूचक नेप्सेमा ४ अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ४.९७ अंकले बढ्दै २११६.६५ विन्दुमा उक्लिएको हो ।

यसअघि आइतबार, सोमबार र मंगलबारलगातार ओरालो लागेको नेप्सेमा ७० अंकमाथिको गिरावट आएको थियो ।

तथापि, चौथो दिनमा नेप्से सूचक झण्डै ५ अंकले बढेपनि यता कारोबार भने थप खस्किन पुगेको छ । आज १ अर्ब ७६ करोड ७० लाख रुपैयाँ बराबरको ५० लाख २४ हजार कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिन १५ अंकले घटेको बजारमा २ अर्ब ८२ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक बाहेक अन्य समूहको उपसूचक धनात्मक भएका छन् ।

- Advertisement -
Ad image

आज पनि आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नबिल संवृद्धि फन्डको मूल्य ३.७४ प्रतिशतले घट्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्