१८ माघ काठमाडौँ । अब बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रदायकले पाइरेटेड सफ्टवेयर प्रयोग गर्न नपाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी ‘एकीकृत निर्देशन-२०७९’ जारी गर्दै यस्तो व्यवस्था ल्याएको हो ।
यसअन्तर्गत राष्ट्र बैङ्कबाट इजाजतपत्र बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रदायकले आधिकारिक कम्प्युटर सफ्टवेयर र हार्डवेयर मात्र प्रयोग गर्नुपर्नेछ । त्यस्तै भुक्तानी सेवाप्रदायक संस्थाले आफ्नो सफ्टवेयर एन्ड्रोइड, आईओएस तथा वेब प्लेटफर्ममा तयार गर्नुपर्नेछ ।
उक्त सफ्टवेयरहरू अपरेटिङ सिस्टम अपडेट भएसँगै आवश्यकता अनुसार अपडेट रिलिज गर्नुपर्ने पनि निर्देशनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्