१९ माघ एजेन्सी । सडकमा रमाउँदै नाच्दा एक इरानी जोडीले १० वर्षको जेल सजाय भोग्नुपरेको छ ।
बीबीसीका अनुसार उमेरले २० वर्षमाथिका एक इरानी जोडी सडकमा नाचिरहेको भिडिओ सार्वजनिक भएपछि त्यहाँको सरकारले १० वर्षको जेल सजाय सुनाएको हो।
सडकमा नाच्दा उनीहरुमाथि भ्रष्टाचार, वेश्यावृत्ति र दुष्प्रसार गरेको आरोप लगाइएको छ । यससँगै उनीहरुलाई दोषी ठहर पनि गरिएको छ ।
सार्वजनिक भिडियोमा ती जोडी इरानको तेहरानस्थित आजादी (फ्रीडम) टावर अगाडि नाचिरहेको देखिन्छन्। आचार व्यवहार निगरानी गर्ने विशेष प्रहरीले नियन्त्रणमा लिएको एक महिलाको मृत्यु भएपछि त्यहाँ विरोध प्रदर्शन चर्किएको थियो । र, त्यसविरुद्ध उत्रनेहरूलाई सरकारी अधिकारीहरूले कडा सजाय दिइरहेका छन्।
तर, उक्त जोडीले आफ्नो नृत्यमार्फत् आचार व्यवहारको विरोध नगरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार दुईले इन्स्टाग्राम खातामार्फत भिडियो सार्वजनिक गरेका थिए । भिडियो सार्वजनिक गरेपछि उनीहरूलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्