Ad imageAd image

नेपाली कांग्रेसले उपाध्यक्षमा उम्मेदवारी दिने

खबर खुराक
खबर खुराक १९ माघ २०७९, बिहीबार
1 Min Read
Aa

१९ माघ काठमाडौं ।  नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षका उम्मेदवार दिने भएको छ ।

धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको संसदीय दलको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

उनका अनुसार राष्ट्रियसभा उपाध्यक्षका लागि बहुमत जुटाउनका लागि अन्य दलसँग पनि छलफल गरिनेछ । उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरे पनि कसलाई उम्मेदवार बनाउने हो ? त्यो भने कांग्रेसले अझै खुलाएको छैन ।

राष्ट्रियसभा उपाध्यक्षको चयन यही २३ माघमा हुदैँछ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्