Ad imageAd image

बाँकेमा दादुरा संक्रमणको जोखिम कायमै

खबर खुराक
खबर खुराक १९ माघ २०७९, बिहीबार
1 Min Read
Aa

१९ माघ बाँके।  जिल्लामा दादुरा रोगको संक्रमण कायमै रहेको छ। अहिलेसम्म तीन सय नौ बालबालिकामा दादुरा रोग संक्रमण पुष्टि भएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालयकाका खोप स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार, दादुरा संक्रमणबाट सबैभन्दा बढी नेपालगञ्जका बालबालिका प्रभावित भएका छन्। दादुराको संक्रमणबाट अहिलेसम्म नेपालगञ्जमा एकजनाको मृत्यु भइसकेको छ। यहाँ अहिलेसम्म दुई सय १३ संक्रमित फेला परेका छन्।

हालसम्म नरैनापुरमा ४१, खजुरा गाउँपालिकामा २१, डुडुवामा १८, कोहलपुरमा नौ र राप्ती सोनारीमा सात जनालाई दादुरा संक्रमण पुष्टि भएको छ। यीमध्ये १० जनाको उपचार भइरहेको छ। नेपालगञ्जका एक संक्रमित अस्पताल भर्ना भएका छन्।

यसैगरी राप्ती सोनारीका सात र कोहलपुरका दुई बालबालिका ‘होम आइसोलेशन’ मा रहेका श्रेष्ठले जानकारी दिए। दिनहुँ संक्रमण फैलिरहँदा बालबालिका निको हुने क्रम पनि चलिरहेको छ। अहिलेसम्म  बाँकेमा दुई सय ९८ जना निको भइसकेका छन्। नेपालगञ्जका दुई सय ११, नरैनापुरका ४१, खजुराका २१, डुडुवाका १८ र कोहलपुरका सात जना बालबालिका निको भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ।

- Advertisement -
Ad image

नेपालगञ्जमा संक्रमण केही कम भए पनि ग्रामीण क्षेत्रतिर बढिरहेकोले दादुरा संक्रमण रोक्न ठाउँठाउँमा खोप कार्यक्रम सञ्चालन भइरहेको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए।

प्रतिक्रिया दिनुहोस्