Ad imageAd image

चिकित्सक संघको निर्वाचन सुरु

खबर खुराक
खबर खुराक १९ माघ २०७९, बिहीबार
1 Min Read
Aa

१९ माघ काठमाडौँ । नेपाल चिकित्सक संघको निर्वाचन आजदेखि उपत्यकामा सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान मतदान केन्द्रमा संघको  २९ औं केन्द्रीय कार्यकारिणी समितिका लागि निर्वाचन हुँदैछ ।  आजदेखि उपत्यकामा माघ २१ गतेसम्म निर्वाचन हुनेछ ।

माघ ६ र ७ गते संघका १६ वटा शाखा कार्यालयमा निर्वाचन भइसकेको छ । संघको अध्यक्षका लागि पेशागत समावेशी समूह डा.सन्तोष पौडेलको समूह, लोकतान्त्रिकबाट डा.अनिलविक्रम कार्कीको समूह र स्वतन्त्र समूहबाट डा.शिवजी सिलवालले निर्वाचनमा उम्मेदवारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्