Ad imageAd image

सहिद रामकृष्ण श्रेष्ठ महिला फुटबल प्रतियोगिता सञ्चालन हुँदै

खबर खुराक
खबर खुराक १९ माघ २०७९, बिहीबार
1 Min Read
Aa

१९ माघ धनकुटा । आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटबल प्रतियोगिता हुने भएको छ।

सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी माघ २३ देखि २६ गतेसम्म धनकुटा-५ तल्लो टुँडिखेलमा प्रतियोगिता हुन लागेको जानकारी दिएको हो।

प्रतियोगितामा जिल्ला सात स्थानीय तहबाट एक/एक टिमको सहभागिता हुने प्रतिष्ठानका अध्यक्ष ईश्वर श्रेष्ठले बताए।

प्रतियोगिताको विजेता टिमले ६० हजार रुपैयाँ नगद पुरस्कार सहित ट्रफि र उपविजेता टिमले नगद ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।

- Advertisement -
Ad image

गतको संस्करणभन्दा यो पटक पुरस्कार राशिमा वृद्धि गरिएको श्रेष्ठले बताए। गत संस्करणको विजेताले ५० हजार र उपविजेताले २५ हजार पुरस्कार प्राप्त गरेका थिए।

हरेक खेलमा वुमन अफ द म्याच, प्रतियोगिताको उत्कृष्ट खेलाडी र विधागत रूपमा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको छ।

२०३० चैत्र ३ गते तत्कालीन राजा विरेन्द्र विराटनगर आउँदा बम प्रहार गर्ने क्रममा श्रेष्ठको निधन भएको थियो।

उनलाई २०७४ माघ ३ गते तत्कालीन् प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले सहिद घोषणा गरेको हो।

श्रेष्ठको स्मृतिमा प्रतिष्ठानले २०७६ सालदेखि महिला फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ। यस पटकको प्रतियोगिता तेस्रो संस्करण हो।

प्रतिक्रिया दिनुहोस्