Ad imageAd image

अस्ट्रेलियाले पाँच डलरको नयाँ नोटमा राजा चार्ल्सको तस्बिर नराख्ने

खबर खुराक
खबर खुराक १९ माघ २०७९, बिहीबार
1 Min Read
Aa

१९ माघ काठमाडौं। अष्ट्रेलियाले आफ्नो नयाँ पाँच डलरको नोटमा बेलायतका राजा चार्ल्स तृतीयको तस्बिर नराख्ने घोषणा गरेको छ। अष्ट्रेलियाको केन्द्रीय बैंकले यो नोटमा आफ्नो आदिवासी संस्कृतिको इतिहासलाई राख्ने बताएको हो ।

अष्ट्रेलियाको रिजर्भ बैंकले संघीय सरकारसँग परामर्श गरी यो निर्णय गरिएको बताएको छ। नोटको अर्कोतर्फ अष्ट्रेलियाको संसद राखिनेछ।

यसअघि २०२२ को सेप्टेम्बरमा बेलायतकी महारानी एलिजाबेथको मृत्युपछि अष्ट्रेलियाले नयाँ राजा चार्ल्स  तृतीयको तस्बिर नराखी अष्ट्रेलियाली व्यक्तित्वहरु द्वारा प्रतिस्थापित गर्नसक्ने बताएको थियो।

अधिकारीहरूले राजा वा रानीका रुपमा नभएर एलिजाबेथको व्यतिगत छविका आधारमा उनको फोटो नोटमा राखिएको बताएका छन्।

- Advertisement -
Ad image

बेलायतका राजा चार्ल्स तृतीय आफ्नी आमाको रानी एलिजाबेथ द्वितीयको मृत्युपछि बेलायती राजा बनेका हुन् । उनी अष्ट्रेलिया, न्यूजिल्याण्ड र युनाइटेड किंगडमसहित अन्य १२ राष्ट्रमंडल क्षेत्रहरूमा राज्यको प्रमुखसमेत हुन् । यद्यपि उनको यो भूमिका धेरै हदसम्म औपचारिक मात्रै छ।

प्रतिक्रिया दिनुहोस्