Ad imageAd image

स्वर्णीम सगरमाथा कलेजमा खेल सप्ताह संचालन

खबर खुराक
खबर खुराक २० माघ २०७९, शुक्रबार
1 Min Read
Aa

२० माघ देवदह । देवदह नगरपालिका वडा नम्बर ७ स्थित स्वर्णीम सगरमाथा कलेजमा खेल सप्ताह संचालन भएको छ ।  कक्षा ११, १२ र बि.बि.एस. मा अध्ययन गर्ने विद्यार्थीहरुको खेल प्रतिभालाई प्रस्फुटन गर्ने अभिप्रायले “स्वस्थ्यका खेल, राष्ट्रका लागी खेल” भन्ने नारा सहित खेल सप्ताह शुरु गरिएको कलेजले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्राचार्य कृष्ण प्रसाद पौडेलले स्वास्थ्य जीवनका लागी खेलकुदको ठूलो महत्व हुने हँदा खेलकुदलाई दैनिक रुपमा केही समय छुट्टाउन पर्नेमा जोड दिए ।

images

आज सम्पन्न भएका छात्र तर्फको भलिवल प्रतियोगितामा कक्षा ११ शिक्षा संकाय र कक्षा १२ एच.एम. फाईनल राउण्डमा प्रवेश गरेका छन । त्यसैगरी आजै सम्पन्न भएकाृ छात्र तर्फको टेवल टेनिस प्रतियोगीतामा कक्षा ११ का दिपांकर बाह्रघरे, कक्षा १२ का सम्राट यसमाली र दिप्सन गौतम र छात्रा तर्फ कक्षा १२ फाइनन्सकी सृजना गुरुङ्ग अंशु थापा क्षेत्री र कक्षा ११ शिक्षा संकायकी जमुना गुरुङ्गले क्रमश प्रथम द्धिप्तीय र तृतिय स्थान हाँसिल गरेका छन ।

कलेजका ३५० विद्यार्थीको सहभागीता रहेको उत्त कार्यक्रममा इ.सि.ए. प्रमुख भिम कुमारी गूरुङ्गको अध्यक्षता, सहप्राचार्य प्रदिप अधिकारीको स्वागत र परिक्षा संयोजक दामोदर सापकोटाको संचालन रहेको थियो ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्