Ad imageAd image

देवदह मदर टङ्स एकेडेमीमा विद्यार्थीहरुको आँखा परीक्षण

खबर खुराक
खबर खुराक २० माघ २०७९, शुक्रबार
1 Min Read
Aa

२० माघ देवदह । लायन्स क्लब अफ देवदहको आयोजना र देवदह मदर टङ्स एकेडेमीको व्यवस्थापनमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको आँखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । क्लबका अध्यक्ष विष्णुप्रसाद ज्ञवालीको अध्यक्षता र जोन चियर पर्सन लायन राम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ३२ जना विद्यार्थीहरुमा दृष्टि सम्बन्धी समस्या देखिएको लायन्स क्लब अफ देवदहका स्वास्थ्य संयोजक जसबहादुर पुनले जानकारी दिनुभयो ।

हरेक हप्ता सोमबार र शुक्रबार देवदह ५ बैकुण्ठनगर स्थित आफ्नै आँखा क्लिनिक मार्फत सेवा सञ्चालन गर्दै आइरहेको क्लबले विभिन्न विद्यालयहरुमा पुगी आँखा चेकजाँच गर्दै आएको क्लबका सचिव लायन गणेश क्षेत्रीले बताउनुभयो । देवदह मदर टङ्स एकेडेमीका प्रबन्ध निर्देशक भिम गुरुङले आँखा हरेक व्यक्तिको अत्यान्तै संवेदनशील अंग भएकोले लायन्स क्लब अफ देवदहले विभिन्न विद्यालयहरुमा पुगेर विद्यालयतहका नानीबाबुहरुको आँखा परीक्षण तथा निःशुल्क चस्मा समेत वितरण गरेकोले क्लबको उत्कृष्ट कार्यप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । विद्यालयहरुमा लक्षित कार्यक्रम सँगसँगै अब समुदायस्तरमा लक्षित कार्यक्रम गरिने अध्यक्ष लायन विष्णुप्रसाद ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्