२० माघ, काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा १४०० रुपैयाँले घटेको छ ।
बिहीबार प्रतितोला १२०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च १ लाख ७ हजार ५०० रुपैयाँ पुगेको सुनको मूल्य शुक्रबार भने घटेको हो ।
शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन पनि बिहिबार प्रतितोला १ लाख ७ हजार रुपैयाँमा कारोकार भएकोमा शुक्रबार घटेर १ लाख ५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्