Ad imageAd image

तत्काल ‘बुस्टर डोज’ व्यवस्था गर्न निर्देशन

खबर खुराक
खबर खुराक २० माघ २०७९, शुक्रबार
2 Min Read
Aa

२० माघ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले कोरोना भाइरस सङ्क्रमणका विरुद्धमा प्रयोग गरिने खोपको अतिरिक्त मात्रा  (बुस्टर डोज) तत्काल व्यवस्था गर्न निर्देशन दिएका छन् ।

स्वास्थ्य सेवा विभागको आज अनुगमनका क्रममा उनले खुला सीमानाका कारण नेपालमा कोरोना भाइरसको सङ्क्रमण थप फैलिनसक्ने भन्दै बुस्टर डोजलाई छिटोभन्दा छिटो लगाउने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

“बुस्टर डोज लगाउन ढिला भइसक्यो । किन ढिला भयो,” उनले भने, “आवश्यक कार्ययोजना बनाएर तत्काल बुस्टर डोज लगाउनका लागि प्रबन्ध गर्नुहोस् ।”

मन्त्री गिरीले खरिद प्रक्रिया धेरै संवेदनशील विषय भएकाले शतप्रतिशत पारदर्शिता हुने गरी काम गर्न निर्देशन दिए । भोलिका दिनमा कतै खरिद प्रक्रियाका सन्दर्भमा प्रश्न उठे स्वयम् जवाफदेही हुनुपर्ने उनको भनाइ थियो ।

- Advertisement -
Ad image

उनले स्वास्थ्य संस्था सूचना प्रविधिमैत्री बनाउन आग्रह गर्दै बिरामीले घरबाटै कुन अस्पतालमा कति सघन उपचार कक्ष (आईसीयू) शय्या खाली छ भनेर थाहा पाउनुपर्ने बताए ।

उनले स्वास्थ्य क्षेत्रमा जनताले अनुभूति गर्ने गरी परिवर्तन ल्याउनु आवश्यक रहेको बताए । “विभागले जति जनताप्रति उत्तरदायी भएर काम गर्छ त्यति नै जनताले स्वास्थ्य सेवा प्राप्त गर्न सक्छन्”, उनले भने । मन्त्री गिरीले विभागमा रहेका महाशाखाले आफूमा भएको कमिकमजोरी सुधार गर्दै सेवा प्रवाहलाई पारदर्शि र उत्तरदायी बनाउनुपर्नेमा जोड दिए ।

उनले विभागबाट धेरै उपकरण अस्पतालमा पठाए पनि ती प्रयोग नभएको गुनासो आफूले सुन्ने गरेको भन्दै उपलब्ध उपकरणका बारेमा अवस्थाबुझी काम गर्न सम्बन्धित सबैलाई निर्देशनसमेत दिए ।

विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले समग्र विभागको बारेमा जानकारी गराएका थिए । अनुगमनका क्रममा महाशाखाका निर्देशकले आफ्नो महाशाखाका दिने सेवाका बारेमा मन्त्री गिरीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्