Ad imageAd image

चार करोड लगानीमा पशुपालन

खबर खुराक
खबर खुराक २० माघ २०७९, शुक्रबार
1 Min Read
Aa

२० माघ स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका १ मट्टिखानका विष्णुप्रसाद पोख्रेलले गाउँमै पशुपालन गर्दै आएका छन् । किराना पसल सञ्चालन गर्दै आएका उनी अहिले पुर्ख्यौली थलोमा पशुपालन सुरु गरेका हुन् ।

उनले दुई वर्षअघि ‘जनविश्वास कृषि तथा पशु बहुउद्देश्यीय फार्म’ दर्ता गरी १० वटा भैँसीबाट व्यवसाय थालेका हुन् । बजारमा किराना पसल सञ्चालनमा रहेको भए पनि गाउँमा भएको जग्गाको सदुपयोग गर्न पशुपालनमा हात हालेको उनी बताउँछन् ।

“फेदीखोला बजारमा किराना पसल अहिले पनि छ”, उनले भने, “गाउँको जमिन सदुपयोगका साथै बजारमा दूधको माग अत्यधिक रहेकाले पशुपालन सुरु गरेको हुँ ।”

सुरुमा गोठ बनाउने, भैँसी खरिद गर्ने, घाँस, पराल तथा दाना खरिदमै करिब रू दुई करोड लगानी लागेको उनको भनाइ छ । फार्मबाट प्राप्त आम्दानी तथा लगानी थप गर्दै गाई भैँसी खरिद गरेका हुन् । दश भैँसी पालेर व्यावसायिकतातर्फ उन्मुख भएका पोख्रेलको फार्ममा अहिले १८५ वटा गाई र भैँसी छन् । जसमध्ये एक सय दुहुना भैँसी,  ५० वटा राँगा तथा पाडापाडी छन् । २० वटा दुहुना गाई र १५ वटा बाच्छाबाच्छी छन् ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्