खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा फौज र आतङ्कारीबीच भएको दोहोरो झडमा उनीहरु मारिएका तथा उनीहरूबाट हतियार र गोलाबारुद पनि बरामद गरिएको पाकिस्तानी सेनाले आज जनाएको छ ।
आतङ्कवादविरुद्ध शून्य सहनशीलता अपनाएको पाकिस्तानी सेनाले अतिवादीहरूलाई परास्त गर्दै देशमा शान्ति सुव्यवस्था कायम गर्ने सङ्कल्पमा दृढ रहेको शुक्रबार एक विज्ञप्ति निकालेर बताएको छ ।
सेनाको मिडिया शाखा इन्टरसर्भिसेस पब्लिक रिलेसन ९आइएसपीआर०ले हिंसाको सहारा लिने कुनै पनि समूह र निकायविरुद्ध निरन्तर लड्ने दृढता विज्ञप्तिमा व्यक्त गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्