२२ माघ देवदह । देवदह महोत्सवद्वारा आयोजित सिङ्गिङ्ग तथा डान्सिङ्ग आइडलको अडिसन शनिबार सम्पन्न भएको छ। देवदहको होटल डिभाइन पिसमा भएको अडिसन राउण्डबाट सिङ्गिङ्ग आइडल तर्फ १२ जना कलाकार छनौट भएका छन् भने डान्सिङ्ग तर्फ महोत्सवको सांस्कृतिक उपसमिति संयोजक प्रशान्त गैरेले जानकारी दिए।
सिङ्गिङ्ग आइडल तर्फ अडिसन राउण्डमा सहभागी भएका २८ जना मध्यबाट उत्कृष्ट १२ जनालाई छनौट गरिएको महोत्सवका सिङ्गिङ्ग आइडल संयोजक तेजु अर्यालले जानकारी दिए। जसमा राज चौधरी, सुरज खाती, स्मृति परियार, मोनिका पाण्डे, मनिष सारू, तिलक घर्ती मगर, आशिक हितांग, स्पर्श अधिकारी, मनिष ज्ञवाली, सोनाली बस्याल, कृतिका पाण्डे र कृष सुनार रहेका छन्।
लाईभ म्युजिकमा भएको अडिसनमा तेजु अर्याल, किशोर विक र प्रशान्त गैरे निर्णायाक रहेका थिए। रविन परियारको व्यवस्थापन रहेको अडिसनको संचालन ज्योति थापाले गरेकी थिईन।
यता डान्सिङ्ग आइडल तर्फ ३५ जना सहभागी भएकोमा १६ जनाले अडिसन राउण्ड पास गरेको डान्सिङ्ग आइडल संयोजक मोहन गुरुङले जानकारी दिए। जसमा सिवानी कंडेल, रोजिना अधिकारी, सुरिन राना, प्रिन्सेस सोनी, अभिषेक दुरा, सक्रिता ढुंगाना, रमेश बुढा, लक्ष्मी गौतम, विन्दिया सुनार, प्रश्ना मगर, सरश बन्जाडे, स्मृति सुनार, आरोही रौनियार, लिला थापा, सामना कुमाल र सिवानी रेश्मी मगर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्