Ad imageAd image

अनियन्त्रित भएर कार दुर्घटना, एकजनाको मृत्यु, तीन घाइते

खबर खुराक
खबर खुराक २२ माघ २०७९, आईतवार
2 Min Read
Aa

२२ माघ विराटनगर। पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–२ लालभित्तीमा आइतबार बिहान भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

दुर्घटनामा परेर चालकसहित ३ जना घाइते भएका छन्।  पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको डब्लु बी ७४ बी जे ५४७७ नम्बरको कार आफैँ अनियन्त्रित भएर बिहान ३:३० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।  दुर्घटनामा परी कारमा सवार भारतको सिक्किम वेष्ट सोरेङ घर भएका ६३ वर्षीय प्रतापसिंह तामाङको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार घाइते अवस्थाका तामाङको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा बिहान ६:२५ बजेतिर मृत्यु भएको हो।  दुर्घटनामा कार चालक सिक्किमकै ४१ वर्षीय फूर्वा छिरिङ तामाङ, २२ वर्षीय पाल्देन टासी तामाङ र ४३ वर्षीय बालचुक तामाङ घाइते भएका छन्।  घाइतेको विराटनगरमै उपचार भइरहेको छ।

मृतक र कार चालक बाबुछोरा रहेको प्रहरीले जनाएको छ।  आफन्तको मृत्यु भएको ठाउँमा पुगेर सिन्धुलीबाट सिक्किमतर्फ फर्किंदै गरेको कार दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

- Advertisement -
Ad image

कार सडकबाट पल्टिएर खड्का पेट्रोल पम्पअगाडिको खोल्सीमा झरेको थियो।  दुर्घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेर इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएको हो।

प्रारम्भिक अनुसन्धानबाट तीव्र गतिका कारण कार दुर्घटनामा परेको खुलेको छ।  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्