Ad imageAd image

रविको बचाउ गर्दै ओलीले भने– फैसलाले न्याय कसलाई भयो ? रवि फुत्त संसद् छिरेको होइन

खबर खुराक
खबर खुराक २२ माघ २०७९, आईतवार
1 Min Read
Aa

२२ माघ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेको सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको फैसलामाथि संसदमा प्रश्न उठाएका छन् । यो फैससलाले कसलाई न्याय भयो भन्ने बुझ्न नसकेको उनले बताए ।

प्रतिनिधि सभाको आइतबार बैठकमा विशेष समय लिएर बोलेका ओलीले सर्वोच्च अदालतलाई सम्मान गर्ने र त्यसअनुसार यो फैसलालाई पनि मानेर कार्यान्वयन गर्ने बताए । तर यो फैसलाले आफ्नो मनमा केही प्रश्न आएको उनले बताए ।

उजुरीकर्तालाई के मर्का पर्‍यो र उजुर गर्न गए भन्ने आफूले नबुझेको ओलीले बताए । असम्बन्धित व्यक्तिले निवेदन दिएको उनको दाबी छ । संविधान र कानुन उल्लंघन भए रोक्नुपर्ने, तर एउटा नागरिक राज्यको प्रहारको विषय हुन नहुने ओलीले बताए ।

उनले अघि भने, ‘रवि लामिछानेले ढोका खुला देखेर फुत्त पसेको हाइन । निर्वाचन आयोगले उम्मेदवार हुन पाउछ भनेर सदर गरेको र चुनाव लड्दा अत्याधिक मतले आफ्नो प्रतिनिधि छानेको हो ।’

- Advertisement -
Ad image

सर्वोच्च अदालतले प्रक्रियागत त्रुटि देखाएर फैसला गरेको भन्दै भन्दै उनले अघि भने, ‘त्यतिमा सांसद पद गयो, पार्टी अध्यक्ष गयो, गृहमन्त्री गयो, उपप्रधानमन्त्री गयो । धेरै चिजमा धक्का भयो ।’

उनले अगाडि भने, ‘न्याय भयो कि भएन ? रविजीलाई न्याय भएन भने कसले पायो न्याय ?

प्रतिक्रिया दिनुहोस्