Ad imageAd image

प्रधानमन्त्री प्रचण्ड र प्रमुख सचेतकबीच बालुवाटारमा छलफल

खबर खुराक
खबर खुराक २३ माघ २०७९, सोमबार
1 Min Read
Aa

२३ माघ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  दलका प्रमुख सचेतकबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा सोमबार बिहान दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिव लगायतसँग छलफल गरेका हुन् ।

उनीहरुबीच विधेयक सम्बन्धि छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा संसदका आगामी संसद् बैठकलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले सबै दलका प्रमुख सचेतकसँग राय माग्नेछन्।

प्रतिनिधिसभाको अघिल्लो कार्यकाल समाप्त भएसँगै निष्क्रिय भएका दर्जनौं विधेयक अब फेरि शून्य अवस्थाबाट मात्र सुरु हुने भएको छ। अघिल्लो प्रतिनिधिसभाको कार्यकाल समाप्त भएसँगै २७ वटा विधेयक निष्क्रिय भएका र १२ वटा विधेयक सरकार आफैंले फिर्ता लिएको संसद् सचिवालयका सह-प्रवक्ता दशरथ धमलाले बताए। राष्ट्रियसभाबाट सात र प्रतिनिधिसभाबाट पाँच गरी १२ वटा विधेयक सरकारले फिर्ता लगेको हो।

राजनीतिक दलबीच सहमति र समझदारी हुन नसक्दा यसअघिको कार्यकालमा ती विधेयक निष्क्रिय बन्न पुगेका हुन्। संसदको एउटा कार्यकाल समाप्त भएसँगै प्रतिनिधिसभाबाट उत्पत्ति भएका र निष्कर्षमा नपुगेका सबै विधेयक निष्क्रिय बन्न पुगेका थिए। संघीय संसदको पहिलो कार्यकाल सुरु भएयता एक सय ५३ विधेयक दर्ता भएका थिए।

- Advertisement -
Ad image

तीमध्ये एक सय एक विधेयक भने राष्ट्रपतिबाट प्रमाणीकरण भई कानून कार्यान्वयनको चरणमा छन्। प्रतिनिधिसभामा उत्पत्ति भई राष्ट्रियसभामा प्रक्रियागत चरणमा रहेको एउटा विधेयक पनि सोही सभाको कार्यकाल समाप्त भएसँगै निष्क्रिय बन्न पुग्यो।

प्रतिक्रिया दिनुहोस्