Ad imageAd image

बुटवल-भैरहवा सडकमा बस र कार रोकिएको ट्रकमा ठोकियो : १ जनाको मृत्यु, २ घाइते

खबर खुराक
खबर खुराक २३ माघ २०७९, सोमबार
2 Min Read
Aa

२३ माघ बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-भैरहवा सडकमा गएराती भएको सवारी दुर्घटनामा परी एक जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा २ जना घाइते भएका छन् ।

बुटवलबाट भैरहवातर्फ गईरहेका बस र कार अञ्चलपुरस्थित सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। सडकमा रोकिराखेको लु २ ख ६०६ नम्वरको ट्रकमा लु २ ख ६०३८ नम्वरको बस र ग १ च ३७१३ नम्वरको निजी कार ठोक्किएको हो। दुर्घटनामा परि मृत्यु हुने र घाईते हुने सबै बसका कर्मचारी हुन्।

दुर्घटनामा परि तनहुँको भिमाद नगरपालिका वडा–५ बस्ने २१ वर्षिय हरिश तिवारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। त्यसैगरी पश्चिम नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका–१ बस्ने ३९ वर्षीय बासु घिमिरे र सोही ठाउँका १६ वर्षीय दिपेश घिमिरे घाईते भएका छन्।

सिद्धार्थ राजमार्गको बेलहिया बुटवल सडक खण्ड अन्तर्गत अञ्चलपुरमा रहेको नेपाल आयल निगमको डिपो अगाडि रोकिराखेको ट्रकमा बस र निजी कार राती करिव ३ः३० बजेको आसपासमा ठोकिएको प्रहरीले जनाएको छ। उद्धारमा सम्लग्न प्रहरीका अनुसार दुर्घटनाका समयमा बसका हेल्पर रहेका हरिश तिवारीले बस चलाएका थिए।

- Advertisement -
Ad image

बस चालक बासु घिमिरे रहेको र उक्त समयमा बस हेल्पर हरिश तिवारीले चलाएको प्रहरीले जनाएको छ। घाईतेलाई उद्धार गरी भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका लागि पठाईएकोमा चालक सिटमा रहेका तिवारीको मृत्यु भएको र अन्य २ जना घाईतेको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्