Ad imageAd image

कलेजोमा बोसो जमे के हुन्छ ?

खबर खुराक
खबर खुराक २३ माघ २०७९, सोमबार
2 Min Read
Aa

२३ माघ काठमाडौं । कलेजो शरीरको महत्त्वपूर्ण अंग हो, जसले खाना पचाउन मात्र नभई शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । साथै कलेजोले ग्लुकोजको रूपमा ऊर्जा भण्डारण पनि गर्छ ।

तर खराब दिनचर्या र अव्यवस्थित खानपानका कारण कलेजोमा बोसो जम्ने अर्थात् ‘फ्याटी लिभर’को समस्या धेरैमा देखिन थालेको छ । यसरी जम्ने बोसोले कलेजोको कार्यक्षमतामा अवरोध पुर्‍याउँछ ।

कलेजोमा पाँच प्रतिशतभन्दा अधिक बोसो जमेमा फ्याटी लिभर हुन्छ । जीवनशैलीमा सुधार गरेर फ्याटी लिभरको समस्यालाई कम गर्न सकिन्छ । यसको खासै संकेत हुँदैन । यद्यपि समयमै उपचार नगरे यसले स्वास्थ्यमा दीर्घकालीन तथा गम्भीर समस्या निम्तिन सक्ने ग्यास्ट्रोइन्ट्रोलोजिस्ट डा. अखिलेश कश्यप बताउँछन् ।

‘धेरै चिल्लो तथा कार्बोहाइड्रेटयुक्त खाना खाने र शारीरिक रूपमा सक्रिय नहुने दैनिक व्यायाम नगर्ने व्यक्तिको शरीरमा बोसो जमेर मोटोपनको समस्या देखिन थाल्छ । त्यस्ता व्यक्तिमा मोटोपनको समस्यासँगै फ्याटी लिभरको समस्या पनि देखिन्छ,’ उनी भन्छन् ।

- Advertisement -
Ad image

पहिले कलेजो सुन्निएर बिस्तारै कलेजो सुक्दै जाने र काम गर्न नसक्ने लिभर सिरोसिसको समस्या मदिरापनको अत्यधिक सेवन र हेपाटाइटिस बी र सीको कारण हुने गर्थ्यो  । तर पछिल्लो समय फ्याटी लिभरका कारण लिभर सिरोसिस हुनेको संख्या बढेको पाइएको डा. कश्यप भन्छन् ।

धेरैजसो व्यक्तिमा फ्याटी लिभरको कुनै लक्षण नदेखाउन पनि सक्छ । तर केहीलाई थकान, पेटको माथिल्लो दायाँपट्टि असुविधा वा भारी महसुस हुन सक्ने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्