Ad imageAd image

कलाकारलाई क्यान्सर उपचारमा विशेष छुट

खबर खुराक
खबर खुराक २३ माघ २०७९, सोमबार
1 Min Read
Aa

२३ माघ भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीको फैढोकास्थित काठमाडौँ क्यान्सर सेन्टरले कलाकार सङ्घ र चलचित्र विकास बोर्डसँग सम्झौता गरेको छ ।

विश्व क्यान्सर दिवसका अवसरमा आइतबार ताथलीस्थित अस्पतालको भवनमा कलाकालरलाई क्यान्सर उपचारमा विशेष छुट दिने गरी त्रिपक्षीय सम्झौता भएको हो । बोर्डका अध्यक्ष भुवन केसी, कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का, चलचित्र पत्रकार प्रकाश सुवेदीलगायतका कलाकारबीच सो सम्झौता भएको हो ।

काठमाडौँ क्यान्सर सेन्टरका अध्यक्ष डा अन्जनीकुमार झाले क्यान्सरलाई सबै मिलेर परास्त गर्न जरुरी रहेको भन्दै कलाकार राष्ट्रका गहना भएकाले उनहरूको उपचारका लागि सेन्टर प्रतिबद्ध रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्