२३ माघ दाङ । दाङ देउखुरीको लमहीमा माघ १२ गते देखि छैठौं देउखुरी कृषि, पर्यटन तथा व्यापारिक सुरु भएको छ ।मेला अन्तिम अन्तिम चरणमा प्रवेश गर्दा सम्म पनि एक तिहाई स्टलहरु खाली खाली रहेका छन् ।भने महोत्सवमा चहलपहल समेत न्यून रहेको छ ।सामाग्री राखिएका स्टलहरु समेत सुनसान देखिएका छन् ।
आयोजकले मेला अवधिभर १ लाख दर्शकले मेला अवलोकन गर्ने एवं १ करोडको कारोबार हुने लक्ष्य राखेकोमा २५ प्रतिशत नपुग्ने आकलन हुन थालेको छ । कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार भन्ने मुल नाराका साथ देउखुरी उद्योग वाणिज्य संघ लमहीको आयोजनामा अजम्बरी सामुदायिक वनको पिकनिक स्थलमा विविधता पार्क महोत्सव सुरु गरे पनि मेला सकिनै लाग्दा कृषि उद्योगका स्टलहरु शुन्य देखिएको छ ।
महोत्सवमा कृषि, पर्यटन, उद्योग र व्यापारसङ्ग सम्बन्धित करिब २ सय ५० वटा स्थलहरु रहेका छन् ।जस मध्य २५ प्रतिशत स्टलहरु खाली रहेका छन् ।
महोत्सव अवधीभर अपांगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ ।त्यस्तै सर्वसाधारणका लागि रु १ सय र विद्यार्थीको लागि ८० रुपैयाँ टिकट दर कायम गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्