२३ माघ, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले काठमाडौं उपत्यकामा हिउँदयाम लागेसँगै खनेपानीको माग र आपूर्तिबीच ठूलो अन्तर रहेको बताएको छ । अहिले हिउँदयाममा करिब दैनिक २६ करोड लिटरको पानीको आपूर्ति भइरहे पनि माग भने ४७ करोड लिटर नाघेको केयूकेएलले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
केयूकेएलले वर्षायाम लागेपछि मेलम्चीको सुरुङ बन्द गरिने भएकाले वर्षायाममा मेलम्चीको विकल्प खोज्न थालिएको बताएको छ । त्यसका लागि वर्षायाममा १० करोड लिटर पानी थप्न नयाँ २० इन्चको पाइप राख्न लागिएको केयूकेएलका प्रवक्ता प्रकाश राईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्