२४ माघ दक्षिण कोरिया । दक्षिण कोरियामा रहेको जातीय संस्था नेपाल मगर संघ द.कोरिया थेगु शाखाको तेस्रो अधिबेशन आइतबार सम्पन्न भएको छ।
थेगु स्थित तरेवा रेस्टुरेन्ट शाखाको अध्यक्ष चिरन थापा मगरको सभापतित्व सोही संस्थाको केंद्रीय अध्यक्ष टेक पुन मगर को प्रमुख आतिथ्यतामा सो अधिबेशन सम्पन्न भएको हो।संस्थाको उपाध्यक्ष मिलन राना मगरको स्वागत मन्तव्य सँगै सुरु भएको अधिबेशनमा महासचिव खडक घर्तिमगरले प्रगति प्रतिबेदन र आर्थिक आयब्याय कोषाध्यक्ष चन्द्र थापा मगरले प्रस्तुत गर्नु भएको थियो ।
प्रमुख अतिथि केंद्रिय अध्यक्ष पुन मगरले मगर संघ थेगु शाखा केन्द्रले गर्न नसकेको काम गरेर देखाएकोमा खुसि ब्यक्त गर्दै धन्यवाद दिनु भएको छ। कोरियामै अब्बल संस्थामा चिनिन पुगेकोमा गर्व महसूस गर्दै बिसम परिश्थितिमा पनि पछि नहती हरेक काम गर्न अघि सर्ने र सबै शाखा र केन्द्र ले पनि थेगु मगर संघबाट पाठ सिक्नुपर्ने बताउनुभयो।
“प्रवासी भूमिमा मगर समुदायको एकता, भेषभूषा, भाषा,धर्म,कला र संस्कृतिको संरक्षण संवर्द्धन संगै आपातकालीन परिस्थितिमा हाम्रो आवश्यकता र सहभागिता” भन्ने मूल नाराको साथ प्रवासी भूमी दक्षिण कोरियाको थेगु क्षेत्रमा 2016 मा गठन गरिएको यस नेपाल मगर संघ थेगु शाखाको तेस्रो अधिबेशनमा विशिष्ट अतिथि संस्थाका संरक्षक नरेश थापा मगर,बिशेष अतिथि प्रमुख सलाहकार कमल थापा मगर, थेगु मंचका अध्यक्ष भानु घिमिरे, स्याङ्जा परिवार थेगु शाखा का अध्यक्ष मित्र सोती मगर, किम्हे पुसान शाखाका अध्यक्ष दिल तारामी मगर,ब्यवसाहि तथा संस्थाका उपाध्यक्ष एकराज लुंगेली मगर,लुम्बिनी रेश्टुरेन्टका संचालक परी गुरुङ ,बागलुङ समाज थेगु शाखाका अध्यक्ष ज्ञानू श्रीस मगर ,संस्थापक अध्यक्ष सालिक राम पुलामी ,वेगान नेपाली साथी समुहका अध्यक्ष अंकित मगर,मगर संसारका अध्यक्ष अनिल लामिछाने मगर लगायतको उपस्थिति रहेको थियो।
अध्यक्ष चिरन थापामगरले आफ्नो कार्यकालमा साथ दिनु हुने सम्पूर्णलाई बिशेष धन्यवाद दिदै नब गठित समितिलाई सफलताको शुभकामना ब्यक्त गर्दै थेगु मगर संघ लाई अजै अब्बल बनाउनेमा धुक्क हुदै आफ्नो साथ सपोर्ट र सहयोग सधै रहने प्रतिबद्धता ब्यक्त गर्नु भयो।
उक्त अधिबेशनमा संस्थाको नाम उच्च बनाउन महत्त्वपूर्ण भूमिका खेलनु हुने खेलाडी र कलाकार साथीहरु लाई सम्मान गरेको थियो।
प्रत्यक्ष महाधिवेशनमा सहभागी हुन नसक्नु भएका अतिथिहरु ,मगर दाजुभाइ दिदिबहिनीहरु जूम भरचुअलमा जोडियर साथ दिनु भएको थियो।
बन्द सत्रमा निर्वाचन संयोजक नरेश थापा मगर संयोजकत्व रहने गरी कमल थापा मगर टीबी घर्ति मगर, कुमार गर्बुजा मगर,जीतन भाई श्रीस मगर सहितको निर्वाचन मण्डलले निर्वाचन सम्बंधि सम्पूर्ण प्रकिया पुरा गर्दै नव गठित कार्य समितिलाई सपथ ग्रहण गराएका थीए।
प्रतिक्रिया दिनुहोस्