Ad imageAd image

टर्की भूकम्पमा मृत्यु हुनेको संख्या चार हजार ३०० भन्दा बढी

खबर खुराक
खबर खुराक २४ माघ २०७९, मंगलवार
1 Min Read
Aa

२४ माघ काठमाडौं । टर्कीमा सोमबार बिहान गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या चार हजारभन्दा बढी पुगेको बीबीसीले जनाएको छ ।

मानिस सुतिरहेको समयमा टर्कीको गाजियन्टेपनजिकै केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण हजारौँ भवनहरू भत्किएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार भूकम्पका कारण टर्की र टर्कीसित सीमा जोडिएको सिरियामा गरी मृत्यु हुनेको संख्या चार हजार ३०० भन्दा बढी पुगेको छ । १५ हजारभन्दा बढी मानिस घाइते भएको जनाइएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा गएको उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १७.९ किमि गहिराइमा थियो । सोमबारै दिउँसो टर्कीमा अर्को शक्तिशाली भूकम्प गएको थियो । ७.५ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्रविन्दु कहरामनमारस प्रान्तको एल्बिस्तान जिल्लामा रहेको बीबीसीले जनाएको छ ।

- Advertisement -
Ad image

भूकम्पपछि प्रभावित क्षेत्रमा विशाल भवनहरू खण्डहरमा परिणत भएको देखिएको छ । बीबीसीका अनुसार उद्धारकर्ता भारी वर्षा र हिउँसँग लडिरहेका छन् । भूकम्पपछि भग्नावशेषमा फसेकालाई उद्धार गर्न उनीहरू खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्