Ad imageAd image

माओवादी केन्द्र सहभागी भएपछि मधेश सरकारले पायो पूर्णता

खबर खुराक
खबर खुराक २४ माघ २०७९, मंगलवार
1 Min Read
Aa

२४ माघ काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीपरिषदलाई पूर्णता दिएका छन्।

नेकपा माओवादी केन्द्रलाई समेत सरकारमा सहभागी गराई उनले तेस्रो पटक मन्त्रीपरिषद विस्तार गरेका हुन्।

उनले माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अंसारीलाई नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आज दिउँसो १ बजे सपथ लिने कार्यक्रम तोकिएको छ।

- Advertisement -
Ad image

यसअघि मुख्यमन्त्री यादवले पुस २९ गते तीन जना मन्त्री र माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए।

अब मधेश सरकारमा मुख्यमन्त्री, १० मन्त्री र चार राज्यमन्त्रीसहित १५ सदस्यीय मन्त्रीपरिषद हुनेछ।

दोस्रो पटक मन्त्रीपरिषद विस्तार गर्ने क्रममै मुख्यमन्त्री यादवले माओवादीलाई सरकारमा सामेल गराउन चाहेका थिए। तर दुई वटा मन्त्रालय पाउनुपर्ने भन्दै उसले मानेको थिएन।

केन्द्रीयस्तरबाट जसपा र माओवादीबीच वार्ता भएपछि माओवादी सरकारमा सहभागी भएको हो।

प्रतिक्रिया दिनुहोस्