Ad imageAd image

काठमाडौंमा बर्डफ्लू, तीनवटै फार्मका ६ हजार कुखुरा मारियाे

खबर खुराक
खबर खुराक २४ माघ २०७९, मंगलवार
1 Min Read
Aa

२४ माघ काठमाडौं । काठमाडौंको तीन फर्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा र अन्डा नष्ट गरिएको छ । पशु विभागको अनुसार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म, रामकोट र तार्केश्वरको फार्ममा कुखरा र टर्की मन थाले पछि परिक्षमा पठाउँदा बर्डफ्लू पुष्टि भएको थियो ।

ललितपुरको खुमलटारस्थित अनुसन्धान फार्ममा पहिलो पटक बर्डफ्लू पुष्टि भएको थियो  । पशु विभागका सूचना अधिकारी चन्द्र ढकालका अनुसार यतिखेर तीनवटै फार्मका कुखुरा, अन्डा र दाना नष्ट गरेर सम्भावित क्षति न्युनिकरण गरिएको छ ।

जसअनुसार ललितपुरको खुमलटारमा २ हजार ५३० वटा अन्डा, २१७ वटा कुखुरा र दाना २५० केजी नष्ट गरिएको छ भने रामकोट फार्ममा ४ हजार ५९१ वटा कुखुरा र २ हजार २५५ वटा अन्डा नष्ट गरिएको छ ।

उता, तारकेश्वर फार्ममा ९४० वटा कुखुरा, दाना १०० केजी र १००० वटा क्रेट नष्ट गरिएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्