Ad imageAd image

प्रजातन्त्र दिवस मनाउन सिंहदरबारमा बस्यो मूल समारोह समितिको बैठक

खबर खुराक
खबर खुराक २४ माघ २०७९, मंगलवार
0 Min Read
Aa

२४ माघ काठमाडौं । प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक बसेको छ । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा समितिको बैठक बसेको हो ।

बैठक ७ फागुनमा पर्ने प्रजातन्त्र दिवस मनाउने विषयमा केन्द्रित रहेको हो । राष्ट्रियस्तरमा हरेक वर्ष ७ फागुनमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ । ७ फागुन २००७ मा तत्कालीन राजा त्रिभुवनले १०४ वर्षदेखि रहेको जहाँनियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्र घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्