Ad imageAd image

प्रदेश १ को सरकारको न्यूनतम साझा कार्यक्रम तयार, आजै मुख्यमन्त्रीलाई बुझाइने

खबर खुराक
खबर खुराक २४ माघ २०७९, मंगलवार
2 Min Read
Aa

२४ माघ विराटनगर । प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ । पूर्वमन्त्री तथा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा बनेको कार्यदलले एमाले–माओवादीसहितका दलको गठबन्धन सरकारले कार्यान्वयन गर्ने कार्यक्रम तय गरेको हो ।

नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपा सहभागि भएको गठबन्धनले ‘स्वच्छ, सुखी, समुन्नत प्रदेश’ को लक्ष्य प्राप्तिका लागि ११ क्षेत्रलाई समेटेर साझा कार्यक्रम तयार गरेको हो ।

न्यूनतम साझा कार्यक्रममा प्रदेशको नामकरण गर्ने, प्रदेश सरकारका प्रशासनिक संरचना निर्माण गर्ने, संवैधानिक अधिकार प्रदेश मातहत ल्याउनेलगायत विषय समावेश छन् ।

लोकसेवा आयोगलाई सुदृढ गरी प्रदेशको जनशक्ति आपूर्ति गर्ने, प्रादेशिक गुरुयोजना तयार गरेर आयोजना सुरु गर्ने, कृषि उर्जा सडक पूर्वाधार लगायत क्षेत्रमा गौरबका आयोजना सञ्चालन गर्नेलगायत विषय न्यूनतम साझा कार्यक्रममा समावेश छन् ।

- Advertisement -
Ad image

प्रदेश १ को कुल ग्रार्हस्थ उत्पादनमा ७० प्रतिशत वृद्धि गर्ने लक्ष्य पनि समावेश भएको कार्यदलका संयोजक इन्द्रबहादुर आङ्बोले बताए । प्रदेशको कूल गार्हस्थ्य उत्पादन ७ खर्ब ६३ अर्बमा ७० प्रतिशत वृद्धि गरी १२ खर्ब २० अर्ब पुर्‍याउने लक्ष्य न्यूनतम साझा कार्यक्रममा छ ।

साझा कार्यक्रममा प्रदेशका नयाँ गौरवको आयोजनाहरू प्रारम्भ गर्ने ,रैथाने कृषि उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा पु¥याउने, पूँजीगत खर्च बढाउने, प्रदेशको राजस्वको वृद्धि गर्ने, सरकारी खर्चमा आत्मनिर्भरता कायम गर्न उच्चस्तरीय राजस्व अध्ययन समितिको निष्कर्ष लागू गर्नेलगायतका विषय छन् ।

साझा कार्यक्रममा ‘समृद्ध किसान प्रदेश १ को शान, आत्मनिर्भर कृषि हाम्रो अभियान’ नारा पनि समावेश गरिएको छ । त्यस्तै ‘ऊर्जामा लगानी, समृद्धिको खानी’, ‘प्रदेश निर्माणको आधार, गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार’लगायत नारा समावेश गरिएको छ । कार्यदलले आजै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाउने तयारी गरेको संयोजक आङ्बोले बताए ।

प्रतिक्रिया दिनुहोस्