Ad imageAd image

सिंगापुर पठाइदिन्छु भन्दै ठगेको आरोपमा एकजना पक्राउ

खबर खुराक
खबर खुराक २४ माघ २०७९, मंगलवार
1 Min Read
Aa

२४ माघ, काठमाडौं । सिंगापुरलगायतका देशहरुमा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनाले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोलु दूधकुण्ड नगरपालिका-७ स्थायी घर भई हाल काठमाडौंको टोखा नगरपालिका-३ बस्‍ने ३० वर्षीय अनिल श्रेष्ठ रहेका छन्

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबुबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

- Advertisement -
Ad image

उनले भीमबहादुर रानासमेत गरी ७ जनालाई वैदेशिक रोजगारीका लागि सिंगापुर, अफगानिस्तानलगायतका देशमा पठाइदिने प्रलोभन दिई प्रतिव्‍यक्ति १० लाख रुपैयाँ गरी ५७ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्