२४ माघ काठमाडौं। विशेष अदालत काठमाडौंले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरूद्ध मुद्दामा साक्षी झिकाउने आदेश दिएको छ। करिब ५ वर्षपछि न्यायाधीश श्रीकान्त पौडेल,यमुना भट्टराई र शालिग्राम कोइरालाको संयु्क्त इजलासले यस्तो आदेश दिएको हो।
अब म्यादपत्र गएपछि साक्षी अदालतमा हाजिर हुनेछन्। अदालतले उनीहरूको बकपत्र लिनेछ। बकपत्र लिएपछि पुन: पेसी तोकिनेछ।
कर फर्छ्यौट आयोगका पदाधिकारी रहेका शर्मासहित अध्यक्ष लुम्बध्व महत र सदस्य उमेशप्रसाद ढकालविरूद्ध करिब ११ अर्ब भ्रष्टाचारको आरोपसहित २०७४ साल साउन १ गते विशेष अदालतमा मुद्दा दायर भएको थियो।
कर फर्छ्यौट आयोगमा परेका निवेदनका आधारमा व्यापारीहरूलाई छुट दिँदा भ्रष्टाचार गरेको पाइएपछि अख्तियार अनुसन्धान आयोगले शर्मालाई पक्राउ गरेको थियो। सार्वजनिक पदमा रहँदा ४ करोड २९ लाख ५३ हजार एकसय २४ रूपैयाँ स्रोत नखुलेको सम्पत्ती आर्जन गरेको भन्दै अख्तियारले २०७४ माघ १५ गते अर्को मु्द्दा दायर गरेको थियो।
कर फछ्यौट आयोगबाट २० अर्ब रुपैयाँ उन्मुक्ति दिएको,कर निधारण गर्दा भष्टाचार गरेको तथा एनसेल बिक्री करमा छुटको लबिङलगायत उनीमाथि आरोप छ।
प्रतिक्रिया दिनुहोस्