Ad imageAd image

रविको पासपोर्टसम्बन्धी उजुरी ‘प्रहरीले नलिएपछि’ युवराज पुगे सरकारी वकिलको कार्यालय

खबर खुराक
खबर खुराक २४ माघ २०७९, मंगलवार
2 Min Read
Aa

२४ माघ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राहदानी (पासपोर्ट) दुरुपयोग गरेको दाबीसहित युवराज पौडेलले सरकारी वकिलको कार्यालय काठमाडौंमा उजुरी दिएका छन् ।

रविले पासपोर्ट दुरुपयोग गरेको प्रमाण भएर पनि प्रहरीले उजुरी नलिएको दाबी गर्दै उनले सरकारी वकिलको कार्यालयमा उजुरी दिएका हुन् । निवेदनमा उनले प्रहरीलाई उजुरी दर्ता गरेर अनुसन्धानका लागि आदेश दिन माग गरेका छन् ।

रविले जानाजान विदेशी नागरिक हुँदाहुँदै नेपालको पासपोर्ट लिएकाले उनको पासपोर्ट जफत गरेर आवश्यक कारबाही हुनुपर्ने उनक माग छ ।

निवेदनमा के छ ?

- Advertisement -
Ad image

म निवेदक कुल बहादुर खत्रीको छोरा सिन्धुली जिल्ला कमलामाई नगर पालिका वडा नं. १ घर भई हाल काठमाण्डौं जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ३१ आलोकनगर बस्ने वर्ष ३५ को युबराज पौडेल (सफल) ले निज रवि लामिछानेले गरेको कसुर तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) र हाल प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क) ले निषेधित गरेको जानी जानी झुटो विवरण दिई राहदानी लिने प्रकृतिको कसूर भएको हुनाले वारदात भएको मितिमा तत्काल प्रचलित रहेको राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) को व्यवस्था अनुसार निज कसूरदार रवि लामिछानेलाई पाँच वर्षसम्म कैद र हदैसम्म जरिवाना समेत गर्ने गरी कानून वमोजिम मुद्दा चलाई कारवाही गरी पाऊ । गैर नेपाली नागरिक रही प्राप्त गरेको सो ०८८३४८३८ नम्बरको निज कसूरदारको नामको राहदानी, राहदानी ऐन बमोजिम रद्ध गर्न तथा राहदानी सम्बन्धी कसूरको अनुसन्धान भई रहेको सिलसिलामा निज कसूरदारको नाममा नयाँ राहदानी समेत जारी नगर्ने गरी कसूरको अनुसन्धान तथा कानून बमोजिम मुद्धाको कारवाही चलाई पाऊ भनी मिति २०७९/१०/१७ गते जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा जाहेरी दर्ताको लागि पेश गरिएकोमा सो कार्यालयले यथोचित प्रमाण हुँदा हुँदै पनि सत्ता शक्तिको कारण जाहेरी दर्ता नगरेकोले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा ५ बमोजिम यी उजुरी दर्ताको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंको नाममा आदेश जारी गरी दिन हुन यो निवेदन पेश गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्