Ad imageAd image

ओलीसित छलफल गर्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

खबर खुराक
खबर खुराक २५ माघ २०७९, बुधबार
1 Min Read
Aa

२५ माघ काठमाडौं । सत्तासाझेदार प्रमुख दुई दलका शीर्ष नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो ।

बुधबार बिहान प्रधानमन्त्री प्रचण्ड छलफलका अध्यक्ष ओलीको निवास बालकोट पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्ता जारी छ ।

नेताद्वयबीच समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रपति पदको निर्वाचन, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीले लिन लागेको विश्वासको मतलगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्