Ad imageAd image

९ वाणिज्य बैंकले टेरेनन् राष्ट्र बैंकको निर्देशन, ४ बैंकलाई ५०/५० लाख जरिबाना

खबर खुराक
खबर खुराक २५ माघ २०७९, बुधबार
2 Min Read
Aa

२५ माघ काठमाडौं ।  नेपाल राष्ट्र बैंकले ९ बैंकलाई कारबाही गरेको छ। केन्द्रीय बैंकले आफ्नो निर्देशन पालना नगर्ने ती बैंकलाई नगद तथा अन्य कारबाही गरेको हो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म तोकिएको निर्देशन उल्लंघन गरेको पाइएको छ। जसमध्ये प्रभु बैंक र माछापुच्छ्रे बैंकले दुईवटा निर्देशन पालना गरेको छैनन्। बाँकी ७ बैंकले १/१ निर्देशन पालना नगरेको केन्द्रिय बैंकको ठहर छ ।

नेपाल राष्ट्र बैंककाअनुसार प्रभु, कुमारी, प्राइम, नबिल र तत्कालीन बैंक अफ काठमाण्डू (हाल ग्लोबल आईएमई)ले सम्पती शुद्धीकरणसम्बन्धि व्यवस्था पालना गरेका छैनन्। प्रभु, प्राइम, कुमारी र बैंक अफ काडमाण्डूलाई ५०/५० लाख रुपैयाँ जरिबाना गराइएको छ। यसैगरी नबिल बैंकलाई सचेत गराइएको छ।

माछापुच्छ्रेले तोकिएको पुँजीकोष अनुपात कायम नगर्दा कारबाहीमा परेको हो । सानिमा बैंकले तत्कालिन सीइओलाई थप सुविधा दिँदा कारवाही गरएको छ।

- Advertisement -
Ad image

केन्द्रीय बैंकका अनुसार सिभिल, माछापुच्छ्रे र तत्कालिन नेपाल इन्भेष्टमेण्ट बैंकले कर्जा सम्झौतामा उल्लेख गरिएको बाहिर गएर प्रिमियम थप घट हुने योजना ल्याउन नपाउने निर्देशन कार्यान्वयन नगरेको केन्द्रीय बैंकले जनाएको छ। पहिलोपल्ट यस्तो गल्ती गरेकाले यी बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेतमात्र गराइएको छ।

इन्भेष्टमेण्ट, माछापुच्छ्रे र सिभिल बैंकले ग्राहकसँग गरेको सम्झौता विपरित प्रिमियम बढाएर कर्जाको ब्याजदर बढाएको पाइएको छ। उनीहरुलाई पनि सचेत गराइएको छ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशन उल्लंघन गर्दा कारवाहीमा परेको प्रभु बैंकले राष्ट्र बैंकको निर्देशनअनुसार कालोसूची सम्बन्धी व्यवस्था कार्यान्वयन गरेको छैन। यो कसुरमा प्रभुका सीईओलाई सचेतमात्र गराइएको छ।

प्रतिक्रिया दिनुहोस्