२६ माघ बुटवल । रुपन्देहीको देवदहबाट किशोरी माथि जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा देवदह नगरपालिका–७ शितलनगर बस्ने ३६ वर्षीय युवा मँगलबार पक्राउ परेको प्रहरीले जनाएको छ ।
किशोरीलाई गत शुक्रबार राति देवदह नगरपालिका–७ ढेकारस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार गुरुङले माघ २० गते शुक्रबार देवदहको ढेकारस्थित होटलमा १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेका थिए ।
जबर्जस्तीपछि किशोरीले घटना बाहिर ल्याएकी थिइन् भने अभिभावकले प्रहरीमा जबर्जस्ती करणीविरुद्ध उजुरी दिएका थिए ।
उजुरीपछि फरार शिक्षकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उजुरीका आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले बताए ।
प्रतिक्रिया दिनुहोस्