Ad imageAd image

सुनको मूल्य बढ्यो

खबर खुराक
खबर खुराक २६ माघ २०७९, बिहीबार
1 Min Read
Aa

२६ माघ काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन तोलामा १०० रुपैयाँले बढेको हो ।

छापावाल सुन आज तोलामा एक लाख चार हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन बुधबार उक्त सुन तोलामा एक लाख चार हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन तोलामा एक लाख चार हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ घटेको छ । आज चाँदी तोलामा एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्